क्षमा नहुने पाप– ईश्वर निन्दा
(मत्ती १२ः३१—३२; मर्कूस ३ः२८—२९; लूका १२ः१०)
धेरै जना ख्रीष्टियानहरु यो प्रश्नका अड्किन्छन्— के मैले मेरो जीवनमा क्षमा नहुने गरेको छु ? मैले पढाउँदा कक्षाकोठामा र युवाहरुले व्यक्तिगतरुमा पनि धेरै पटक मलाई सोधेका छन्— पाप कुनै यस्तो पाप छ जुन क्षमा हुन सक्दैन ? समसामयिक परिस्थितिमा पवित्र आत्माको विरुद्धमा बोल्नु चाहिँ क्षमा नहुने पाप हो भनि मानिसहरु भन्छन् । हिजो आज प्रायः व्यक्पिरक अनुभव बाँड्ने तथा र आत्माकेन्द्रित प्रचारकहरुले यदि उनीहरुको प्रचार तथा बाइबलको गलत ब्याख्याको विषयमा कसैले प्रश्न उठाए उनीहरुको जवाफ यही हुन्छ— पवित्र आत्माको विरोध नगर । हिजो आज मण्डलीमा भएका अबाइबलीय अभ्यासको विषयका कुरा गरेमा पनि यही जवाफ आउँछ— पवित्र आत्माको कामको विरोध नगर, यो ईश्वर निन्दा हो किनकी पवित्र आत्माको विरुद्धमा बोलिएको पापको क्षमा हुँदैन ।
बाइबलमा यो विषय मत्ती १२ः३१—३२; मर्कूस ३ः२८—२९; लूका १२ः१० पदहरुमा उल्लेख गरिएका छन् । म यहाँ मत्ती १२ अध्यायबाटको पाठलाई उल्लेख गर्नचाहन्छु ।
३१ त्यसैकारण म तिमीहरूलाई भन्दछु, मानिसहरूले गरेको हरेक पाप र ईश्वर—निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन । ३२ कसैले मानिसको पुत्रको विरुद्धमा केही भन्यो भने त्यसलाई क्षमा हुनेछ, तर कसैले पवित्र आत्माको विरुद्धमा बोल्यो भने त्यसलाई यस युगमा र आउने युगमा पनि क्षमा हुनेछैन ।
येशूले क्षमा नहुने पापका विषयमा कुरा गर्दा व्यभिचार वा हत्यत जस्ता पापहरुलाई उल्लेख गर्नुभएन । मानव संस्कृतिमा हत्या, व्यभिचार जस्ता पापहरुलाई ठूला पाप मानिन्छ कारण यिनका परिणमहरु ठूला र गलत हुन्छन् । धर्मशास्त्र बाइबलमा हत्या तथा व्यभिचारका पापहरुलाई परमेश्वरले क्षमा दिनु भएर स्वीकार गर्नुभएको उदाहरणहरु पनि देख्न सक्छौं । यसको उदाहरण राजा दाउद आफैंपनि छन्, उनी व्यभिचारी र हत्यारा थिए यद्यपी साँचो पश्चतापी हुँदा परमेश्वरले उनलाई क्षमा दिनुभयो । मत्ती १२ः३१—३२; मर्कूस ३ः२८—२९; लूका १२ः१० पदहरु लाई लिएर बिभिन्न अड्कल गरिन्छ । यी खण्डहरुलाई लिएर मानिसहरु सामान्तया पवित्र आत्माको विरोध नगर किनकी पवित्र आत्माको विरुद्धमा गरिएको पापको क्षमा हुँदैन भनेर अनुवाद गर्छन् । के यो आफैंमा बाइबलीय सान्दर्भिक अर्थ हो त ?
१. सबै भन्दा पहिले यो पदहरुको सन्दर्भ के हो ?
येशूले कुरा गरिरहनु भएका यि मानिसहरु फरिसीहरु हुन्, जसले येशूको काम र उहाँ को हुनुहुन्छ भन्ने स्वीकार गरेका छैनन् । यस अघि येशूले भूत लागेको एकजना मानिसलाई निको पार्नुभयो (२२ पदमा) । त्यहाँ भिडमा भएका मानिसहरुले उहाँ स्वारयोक्ति सहितको प्रश्न गर्छन् के यिनी दाउदका पुत्र नै हुन सक्छन् ? यसको साधारण आशय हो येशू मसिह हुनुहुन्छ (पद २३) ।
आउनुहुने मसिह दाउदको पुत्र हुनुहुनेछ भनेर सम्पूर्ण पुरानो करार तथा येशूको सेवाकाई शुरु अघि पनि मानिसहरु यो कुरामा विश्वस्त थिए । यहाँ त्यही स्वीकारोक्ति मनिसहरुले दिए । तर यस कुरालाई देखेर, सुनेर पनि यहुदी फरिसीहरु चाहिँ यो कुरा स्वीकार गर्न चाहेनन् । यनीहरुलाई येशू ख्रीष्टको काम र उहाँको अधिकारको प्रमाण देख्दा देख्दै पनि उनीहरुले येशूलाई इन्कार गरे । क्षमा नहुने पाप चाहिँ खासमा येशू ख्रीष्टलाई इन्कार गर्नु हो । येशू ख्रीष्टलाई इन्कार गर्नु बाहेक अरु सबै पाप क्षमा हुन्छन् तर साँचो स्वीकारको खाँचो पर्दछ ।
२. बलजिबुल को हो ? किन फरिसीहरुले यो आरोप लगाए कि येशूको काम बलजिबुलद्धारा भएको हो (पद २४)?
बलजिबुल चाहिँ झिँगाको प्रभु मानिन्थ्यो । यो पलिस्तीहरुको इश्वर भित्र पर्दछ । बलजिबुल दुष्ट आत्माहरुको राजकुमार पनि मानिन्थ्यो । उसको नाउँको अर्को शब्दावली नै शैतान हो । यहाँ फरिसीहरुको भनाइको तात्पर्य यो हो कि, येशूले शैतानको शक्तिद्धारा नै भुतहरुलाई निकालिरहनुभएको छ । तर येशूले फरिसीहरुको यो बिचार थाहा पाउनुभयो (पद २५) । येशूले भन्नुभयो कसरी शैतानले शैतानलाई निकाल्न सक्छ ।
३. येशूले कसको कामको विषयमा कुरा गरिरहनुभएको छ ?
येशूले यहाँ उहाँको आफ्नो कामको विषयमा कुरा गरिरहनुभएको छ, हेर्नुहोस पद ३० मा । यहाँ येशूले पवित्र आत्माको काम वा सेवकाइको विषयमा कुरा गरिरहनु भएको छैन । यहाँ येशूको कुरा चाहिँ, येशूले गर्नुभएको कामलाई स्वीकार गर्ने वा नगर्ने विषयमा हो । आज धेरै जना पवित्र आत्माको विरुद्ध नबोल पाप क्षमा हुँदैन भन्नेहरुले नबुझेको कुरा यहाँ निर छ ।
खासमा येशूको रगत कनै पनि अर्थमा कमजोर वा पाप क्षमा गर्न अयोग्य हुनसक्दैन । चाहे पवित्र आत्माको विरुद्धमा नै गरिएको पाप भए पनि, यदि कसैले साँचो गरी स्वीकार गर्छ भने येशूको त्रूmसको कामद्धारा नै त्यो क्षमा हुन्छ । तर यस पदको खास अर्थ चाहिँ येशूले गर्नुभएको काम शैतान बाट हो भन्नु चाहिँ जानी जानी उहाँलाई इन्कार गर्नु हो, यसकारण यो पाप पवित्र आत्माको विरुद्ध हुन्छ र यसको क्षमा हुन सक्दैन । अर्को साधारण भाषामा अर्थ लगाउँदा, यदि कसैले येशूलाई मसिह भनि स्वीकार नै गर्दैन, र उहाँको काम परमेश्वरबाटको हो भनि मान्दैन भने कसरी उसले क्षमा पाउन सक्छ ?
यहाँ येशू र पवित्र आत्मालाई छुट्याए जस्तो अर्थ लाग्न सक्छ तर यसको निम्ति मानिसको उद्धारमा पिता, पुत्र र पवित्र आत्माको भुमिकालाई जान्नु आवश्यक छ । त्रिएकताको सिद्धान्तमा, पिता मानिसहरुको उद्धारको योजनाकार हुनुहुन्छ, पुत्रले यसलाई त्रूmसको काममा प्राप्ती गर्नुभयो र पवित्र आत्माले आज मानिसहरुको उद्धारलाई लागू गर्ने काम गर्नुहुन्छ । अर्थात् उद्धारको सम्बन्धमा पवित्र आत्माले मानिसहरुको नयाँ जन्मको निम्ति आँखा खोल्ने काम गर्नुहुन्छ । अतः येशूलाई र उहाँको त्रूmसको कामलाई परमेश्वरबाटको भनेर स्वीकार नगर्नु चाहिँ पवित्र आत्मा जसले उद्धारको कामलाई लागू गर्नुहुन्छ, त्यसको विरुद्ध भयो । यो पाप क्षमा हुँदैन । पवित्र आत्माको विरुद्धको पाप, वा इश्वर निन्दा चाहिँ यो हो ।
आज प्रायः सुनिने अन्यभाषा, पवित्र आत्माका वदरदान, अगमवाणी आदि जस्ता कुरामा पवित्र आत्माको विरुद्धमा बोल्यो र ईश्वर निन्दा भयो भनि अर्थ अगाउनु अबाइबलीय, बाइबलको सन्दर्भ भन्दा बाहिरको हो । येशूको काम र वचन परमेश्वरबाटको हो भनी स्वीकार गर्न नसक्नु चाहिँ येशूमा परमेश्वरको आत्मा आर्थात् पवित्र आत्माको अभिषेक छ भन्ने कुराको इन्कार हो तथा उहाँ नै पुरानो करारको प्रतिज्ञा गरिएको एकमात्र मसिह हुनुहुन्छ भन्ने कुरा इन्कार गर्नु हो ।
४. किन यो पापको क्षमा हुन सक्दैन ?
येशूले पवित्र आत्माको सेवाकाइको विषयमा यूहन्ना १६ः८ देखि ११ पदमा यसरी भन्नुभयो,
८ अनि जब उहाँ (अर्थात् पवित्र आत्मा) आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ । ९ पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्, १० धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्छु, र तिमीहरू मलाई फेरि देख्नेछैनौ । ११ र न्यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्डाज्ञा भइसकेको छ ।
“८ अनि जब उहाँ (अर्थात् पवित्र आत्मा) आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ । ९ पापको विषयमा, किनभने तिनीहरू ममाथि विश्वास गर्दैनन्, १० धार्मिकताको विषयमा, किनभने म पिताकहाँ जान्छु, र तिमीहरू मलाई फेरि देख्नेछैनौ । ११ र न्यायको विषयमा, किनभने यस संसारको शासकलाई दण्डाज्ञा भइसकेको छ ।”
यसकारण यदि कसैले येशूको काम शैतानबाटको हो भन्छ भने चाहिँ त्यो क्षमा नहुने पाप हो । शैतानको कामलाई यो येशूबाटको हो भन्नु पनि क्षमा नहुने पाप हो । अर्को तर्फमा, आप्mना कहानी, आत्माकेन्द्रीत अनुभव, मनलाग्दी सपना र दर्शनका कुरालाई पवित्र आत्माबाट भनि मानिसहरुलाई भ्रममा पर्नु चाहिँ खासमा पवित्र आत्मा विरुद्धको पाप हो । जुन कुरा पवित्र आत्माबाटको होइन त्यसलाई पवित्र आत्माबाटको भन्नुचाहिँ पवित्र आत्माको विरुद्धको पाप हो ।
मत्ती १२ः३१,३१ र मर्कूस ३ः२८ र २९ लाई सन्दर्भ बाहिर गएर पवित्र आत्माको विरोध ग¥यो वा पवित्र आत्माको वरदानको आलोचना ग¥यो, यो चाहिँ ईश्वर निन्दा हो र यसको क्षमा हुँदैन भन्नु चाहिँ बाइबलको पदको अपव्याख्या हुन जान्छ । यो पद येशूले गर्नु भएको कामलाई शैतानबाटको हो भन्नु चाहिँ इश्वरनिन्दा हो । येशूको काम र उहाँ मसिह हुनुहुन्छ भनि स्वीकार नगर्नु चाहिँ क्षमा नहुने पाप हो । केवल पवित्र आत्माले मात्र येशूको काम, वचन र उहाँको व्यक्तित्वको विषयमा गवाही दिनु हुन्छ र इन्कार गर्नेलाई दोषी पनि ठहराउनु हुन्छ र यो पवित्र आत्माको विरुद्धको पाप हुन जान्छ । यो बोलीद्धारा गरिने ईश्वरनिन्दा हो ।
येशू ख्रीष्टलाई इन्कार गर्नु बाहेक अरु सबै पाप क्षमा हुन्छन् तर साँचो स्वीकारको खाँचो पर्दछ ।
Share
Prem Narayan Bhattarai
Pastor
He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.