पवित्र आत्माको बप्तिसमा
इतिहासबाट
पवित्र आत्मा सम्बन्धि यी ५० वर्षमा जति पुस्तक लेखिएका छन्, ति सबै बराबर त १९५० वर्षको अवधिमा त्यति लेखिएका थिएनन् । किन यस्तो भयो ? किन चर्चले १९०० वर्ष भन्दा बढी समय यस कुरामा समय दिनु परेन त्यो विषयमा अहिले किन लेखिएका छन् ?
यसको कारणचाहिँ कथित क्यारेजम्याटिक सिद्धान्तको कारणले नै हो । यो सिद्धान्त र शिक्षा १९औं शताब्दिमा मात्र आयो । र यो पेन्तिकोस्टल चर्चमा मात्र सिमित रहेन तर यो शिक्षाले अन्य मुख्य भनिएका सम्प्रादायमा पनि प्रभाव पारेको छ । जस्तो बप्तिस, प्रेस्वेटेरियन सम्प्रादायहरु आदिमा पनि ।
पेन्तिकोस्टालिजम के हो ?
आजको क्यारेजम्याटिक शिक्षा पेन्तिकोस्टलिजस (पेन्तिकोस्टलवाद)को आधारमा स्थापित छ । अर्को मुख्य कुरा चाहिँ पवित्र आत्माको बप्तिसमाको कुरासँग सम्बन्धित । ख्रीष्टियान इतिहासमा मूल पेन्तिकोस्टल ईश्वरशास्त्र (शिक्षा) चाहिँ पवित्र आत्माको बप्तिसमा र अन्यभाषामा बोल्ने कुरा चाहिँ पवित्रिकरणको कुरासँग जोडिएको थियो ।
यसलाई दोस्रो आशिषको ९त्जभ क्भअयलम द्यभिककष्लनक० रुपमा लिन्थे । अर्को शब्दमा अनुग्रहको दोस्रो काम ९तजभ क्भअयलम धयचप या न्चबअभ० । उनीहरुको विश्वासमा अनुग्रहको पहिलो काम चाहिँ, साँचो परिवर्तन ९ऋयलखभचकष्यल० वा नयाँ जन्म ९ल्भध द्यष्चतज० हो । यसको अर्थ चाहिँ पवित्र आत्माको बप्तिसमालाई मानिसहरुले यही जीवनमा प्राप्त गरिने सिद्धता, पवित्रिकरणको कामको रुपमा लिन्थे । उनीहरुको विश्वास अनुसार जसले यो दोस्रो अनुभव पाएको छ, अर्थात् पवित्र आत्माको बप्तिसमा उसले यही जीवनमा आत्मिक आज्ञाकारितामा सिद्धतामा पुग्छ ।
कालान्तरमा चाहिँ पेन्तिकोस्टल सिद्धान्तलले यसका े आप्mनो सिमाबाट निस्किएर प्रायः सबै प्रकारका सम्प्रादायहरुमा प्रभाव जमायो । उनीहरुको एक प्रमुख शिक्षा पवित्र आत्माको बप्तिसमा थियो । यसले नै नियो पेन्तिकोस्टल ईश्वरशास्त्र स्थापित गरेको छ ।
# पेन्तिकोस्टल: पवित्र आत्माको बप्तिसमा एक दोस्रो अनिवार्य अनुभवको घटना मान्ने । पवित्रिकरणको निम्ति एक अनिवार्य दोस्रो अनुभव । सिद्धतामा परिणत हुन यो बप्तिसमा अनिवार्य चाहिन्छ ।
# नियो पेन्तिकोस्टल: नियो पेन्तिकोस्टलले चाहिँ यो दोस्रो बप्तिसमाको अनुभवको कुरा गर्दैनन् । तर, यो परमेश्वरको काम हो, जहाँ ईश्वरीय कामद्धारा दान ९न्षतक० र सशक्तिकरणद्धारा ९भ्mउयधभच० सेवकाइको निम्ति चलाउनुहुन्छ । यसको अर्थ नयाँ करारमा पवित्र आत्माको कामको अवधारणसँग मिल्दो देखिन्छ ।
नियो पेन्तिकोस्टलहरुको माझमा आफैं पनि बिभिन्न ईश्वरशास्त्रछन् । कतिजना उनीहरुको विचारमा पवित्र आत्माको दानमा अन्यभाषामा बोल्नु एक अनिवार्य हुन्छ । उनीहरुले यसो भन्छन्, अन्यभाषामा नबोल्ने मानिसले पवित्र आत्माको बप्तिसमा पाएको छैन । अरुकतिजनाको बिचारमा, अन्यभाषामा बोल्नु वा नबोल्नु पवित्रआत्माको बप्तिसमासँग सम्बन्धित विषय नहुन सक्छ ।
तर नियो पेन्तिकोस्टलहरु सबै यस कुरामा चाहिँ एक विचार गर्छन् त्यो हो साँचो परिवर्तन ९ऋयलखभचकष्यल० र दोस्रो अनुभव जो पवित्र आत्माको बप्तिसमा हो त्यसको विचमा चाहिँ केही समयको ग्याप ९न्बउ० हुन्छ । अर्थात, कोही एक व्यक्ति ख्रीष्टियान हुन सक्छ तर पवित्र आत्माको बप्तिसमा नभएको हुनसक्छ । यसको अर्थ यो पनि हुन्छ, सबै विश्वासीहरुले पवित्र आत्माको बप्तिसमा पाउन सक्छन् तर उनीहरु सबैले पाइसकेका छन् भन्ने चाहिँ होइन ।
यसको बाइबलीय आधार के हो त ?
साँचो परिवर्तन र पवित्र आत्माको बप्तिसमाको (दोस्रो अनुभव)को बिचको ग्यापको ९न्बउ० बारेमा बाइबलमा उदाहरणहरु के छन् त ?
यसको पहिलो र सबैले कुरा गर्ने उदाहरण चाहिँ प्रेरित २ अध्यायको पेन्तिकोसको दिन हो । हामी पल्टाएर हेरौं प्रेरित २ः१—४ र १२ ।
प्रेरितका लेखक लूकाले के भएको थियो भन्ने इतिहास उल्लेख गरेका छन्, र त्यसलाई पनि व्याख्या पनि गरेका छन् । फेरी हेरौं प्रेरित १३—१८ मा पनि ।
लूकाले यो घटनालाई पुरानो करारका अगमवक्ता योएलको अगमवाणी पूरा भएको बताउँछन् । भविष्यमा हुन आउने परमेश्वरको राज्यको बारेमा योएलले अगमवाणी गरेका थिए । जब शरीरमा परमेश्वरको आत्मा आउनुहुन्छ तब के हुनेछ त्यो कुरा अगमवक्ताले अगमवाणी गरेका थिए र त्यही कुरा प्रेरितको पुस्तकको २ अध्यायमा लूकाले उल्लेख गरेका छन् ।
पुरानो करारमा आत्मा खन्याउनु (गन्ती ११ः२४—२९)
पुरानो करारमा विषेश तोकिएका, नियुक्ति गरिएका मानिसहरुमा मात्र पवित्र आत्मा दिइन्थ्यो, जस्तै मोशा, दाउद, यहोशू । इस्राएलका ७० जना एल्डर (अगुवाहरु)मा पवित्र आत्मा दिइएको थियो, उनीहरुले अगमवाणी गरेका थिए (गन्ती ११ः२४—२५) । यहोशूले अगवाणी नगर्न भनेका थिए, तर मोशाले रोकेनन् (पद २९ मा) । मोशाले यो कुराको आशा गरेका थिए कि, परमेश्वरको आत्मा हरेक मानिसलाई दिइएको भए अझ राम्रो हुन्थ्यो ।
मोशाको त्यो प्रार्थाना चाहिँ, योएलको अगमवाणी जस्तो देखिन्छ । योएलले भन्छन् जब परमेश्वरको आत्मा खन्याइनेछ तब यो चाहिँ परमेश्वरको घरानाका सबै मानिसहरुको निम्ति हुनेछ । प्रेरित २ अध्यायमा प्रेरित पत्रुसले पेन्तिकोसको दिनमा योएल अगमवक्ताको त्यही अगमवाणी पुरा भएको कुरा गर्छन् ।
अहिलेका पेन्तिकोस्टलहरुको विश्वास भन्दा यो कुरा फरक छ । उनीहरु त यो कोही विश्वासीमा आउँछ, वा आएको हुन्छ र अरुमा चाहिँ आएको हुँदैन र दोस्रो अनुभव, पवित्र आत्माको बप्तिसमा पर्खिनुपर्छ भनि सिकाउँछन् ।
प्रेरित २ मा भेला भएका मानिसहरु चाहिँ यहूदी पृष्ठभुमिका मानिसहरु थिए जो विभिन्न प्रदेश, र राज्यबाट भेला भएका थिए । उनीहरु पुरानो करारले तोकिदिएको यहूदीहरुको पेन्तिकोसको चाडको निम्ति यरुशलेममा भेला भएका थिए । त्यही समयमा यहूदी विश्वासी, चेलाहरुमा पवित्र आत्मा आउनुभएको थियो । ती सबै विश्वासीहरुमा एकैपटक पवित्र आत्मा खन्याइएको थियो । पेन्तिकोसको दिनमा परमेश्वरको उद्धारको सुसमाचारको योजनालाई प्रदर्शन गरिएको छ ।
प्रेरितको पुस्तकमा भएका अन्य साना पेन्तिकोसहरु (पवित्र आत्मा खन्याएको) तीनपटक छन्
प्रेरित ८ मा सामरियाका विश्वासीहरुमा पवित्र आत्मा खन्याइएको छ । प्रेरित ८ः१४—१७)
यो खण्डले पनि विश्वासीहरुको साँचो परिवर्तन (अयलखभचकष्यल), विश्वास र पवित्र आत्माको बप्तिसमाको अनुभवको विचमा केही समयको ग्याप ९न्बउ० भएको देखिन्छ । हो, सामरियाका विश्वासीहरुको माझमा के भएको थियो । उनीहरुले येशूमा विश्वास गरेका थिए तर अझ सम्म पवित्र आत्मा पाएका थिएनन् ।
फेरी प्रेरित १० अध्यायमा फेरी कर्नेलियसको घरामा पनि यही भएको थियो । प्रेरित १०ः४४—४६ मा-
प्रेरितमा कर्नेलियसको बारेमा उनी परमेश्वरको डर मान्ने मानिस थिए भनिएको छ । उनी अन्यजाति विश्वासी थिए । उनी यहूदी विश्वासमा परिवर्तन भएका थिए तर अझ सम्म खतना गरिएका थिएनन् । जब यी अन्यजाति पृष्ठभूमीका विश्वासीहरुमा पवित्र आत्मा खन्याइनुभयो तब प्रेरित पत्रुसले यी अन्यजाति विश्वासीहरुलाई बप्तिसमको निम्ति निर्देशन दिन्छन् । प्रेरित १०ः४६—४८ मा ।परमेश्वरको डर मान्ने विश्वासीहरु, नयाँ करारको चर्चमा यी सन्तहरु पनि पूर्ण सदस्य हुनुपर्ने थियो र यसको निम्ति आत्मा उनीहरुमा आउनुपथ्र्यो । जब परमेश्वरको आत्मा आउनुहुन्छ तब उनीहरु परमेश्वरको चर्चको पूर्ण सदस्य हुनेथिए ।
पछि प्रेरित १९ अध्यायमा फेरी उही प्रकारको कुराहरु भएको देखिन्छ । एफिसीका विश्वासीहरुमा उही प्रकारको घटना घटेको थियो । उनीहरुले पनि पवित्र आत्मा पाएका छन् ।
प्रेरितको पुस्तकमा यी ४ आत्मा आउनुभएको, वा पवित्र आत्मा खन्याइनुभएका घटनाहरु उल्लेख गरिएका छन् । यी घटनाहरुले २ वटा कुराहरु देखाउँदछन्:
#पहिलो, त्यस घटनामा उपस्थित भएका सबै विश्वासीहरुले पवित्र आत्मा आउनुभएको छ ।
# दोस्रो, यी घटनाहरु चार फरक विश्वासीहरुमो समूहमा भएको छ । यहूदी, सामरियाका, परमेश्वरको डरमान्ने (कर्नेलियसका घराना), र अन्यजाती विश्वासीहरु (एफिसीमा भएकाहरु)
प्रेरित र नयाँ करारका सबै पत्रहरुले यही विषयलाई प्रष्ट बनाउँदछ कि, सुसमाचार जातिहरुमा जानको निम्ति फरक मानिसहरुको समूहमा भएका विश्वासीहरु र त्यहाँ उपस्थित भएका सबैजनामा पवित्र आत्मा खन्याइएको थियो । जब तिमीहरुले शक्ति पाउनेछौ…. (प्ररित १ः८ मा) ।
यसले चाहिँ अन्यजातिका सबै विश्वासीहरुमा पनि यहूदीहरुको बराबर उनी शक्ति, उही आत्मा आउनुभएको इतिहास दिन्छ । कहिँ पनि यो कुरा फेरी फेरी पर्ख भन्दैन । यही बप्तिसमा सारिदिन जातृतिका सभाहरु गर्दैहिँड पनि भन्दैन । यसले अब अर्को पुस्ता, अर्को आयाम, अर्को सिजन, अब चाहिँ आत्मा खन्याइने छ फेरी भनेर त्यस्तो कुराको शिक्षा दिँदेन ।
अन्त्यमा,
प्रेरितको पुस्तकको ति ४ घटनाले पुरानो करारको विश्वास अनुसार नभएका अन्यजाति, परमेश्वरको डर मान्ने र सामरी मानिसहरुमा पनि इस्राएलको पृष्ठभूमीका विश्वासीहरु पनि, उनीहरु कै बराबर उही शक्ति आउनुभएको प्रमाणको रुपमा दोस्रो अनुभवको कुरा गरेको छ ।
पेन्तिकोस्टल विश्वास र अभ्यासले पेन्तिकोसको दृष्टिकोण र अर्थलाई हलुका बनाएको छ । पेन्तिकोसको दिनमा, र त्यस पछिका विवरणहरुमा पनि उपस्थित सबैमा पवित्र आत्मा अउनुभएको कुरा गरिएको छ । यो पवित्रतासँग सम्बन्धित छैन र यो अर्को कुनै दोस्रो अनुभवको निम्ति आज्ञाको रुपमा पनि दिइएको छैन । यो सबै साँचो परिवर्तन भएका विश्वासीहरुको निम्ति दिइएको छ । यो अर्को विषेश अभिषक भनेर कहीँ पनि बाइबलमा सिकाइएको छैन ।
१ कोरिन्थी १२—१३ मा…
पवित्र आत्माको बप्तिसमा भएका विश्वासी र पवित्र आत्माको बप्तिसमा नभएका विश्वासी भनि दुई फरक स्तरका विश्वासीहरु छन् भनेर बाइबलले सिकाउँदैन । साँचो परिवर्तनसँगै (विश्वाससँगै) पवित्र आत्मा हामीमा आउनुहुन्छ र हामीमा बास गर्नुहुन्छ । खासमा त जब सम्म पवित्रआत्माले दोषी ठहराउनुहुन्न, तब सम्म कोही मानिस पनि विश्वासमा आउनै सक्दैन । नयाँ करारमा सबैजना विश्वासीले पवित्र आत्माको दान र पवित्र आत्माको उपस्थिति दिइएको छ ।
पवित्र आत्माको बप्तिसमा भएका विश्वासी र पवित्र आत्माको बप्तिसमा नभएका विश्वासी भनि दुई फरक स्तरका विश्वासीहरु छन् भनेर बाइबलले सिकाउँदैन ।
Share
Prem Narayan Bhattarai
Pastor
He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.