चर्च अनुशासन र स्थानीय चर्च
— प्रेमनारायण भट्टराई, पास्टर, शक्तिशाली बप्तिस चर्च
मत्ती १८ अध्यायको सन्दर्भ के छ त ?
यस भन्दा माथि हराएको भेडाको दृष्तान्त र तब पत्रूसले मेरो भाईले अपराध गरेमा कति पटक क्षमा दिने ? मत्ती १८ अध्यायको १५ देखि २० मण्डलीको अनुशासनको सन्दर्भ हो । पद १५ देखि १७ मा एउटा अवस्थाको विषयमा प्रष्ट पारिएको छ । पद १७ मा मण्डलीमा शब्दको प्रयोग छ । यसले स्पष्ट बताउँछ यो विषयमा एउटा मण्डलीको बारेमा हो । यो कुनै अनौपचारिक भूmण्ड, भेला वा व्यक्तिगत प्रयोगको निम्ति होइन ।
मत्ती १८ः२० को सन्दर्भ बाहिरको प्रयोग कसरी भइरहेको छ ?
- विरामीको निम्ति वा अरु पनि कुनै प्रार्थाना प्रार्थाना गर्दा प्रभु तपाईले वा तपाईंको वचनले भनेको छ जहाँ २ कि ३ जना मेरो नाउँमा भेला हुनेछौं म त्यहाँ हुनेछ ।
- आरधना सेवा, कुनै संगति वा आरधनाको भेला, चेलापनका सानो समुहको भेला जस्तो समुहमा यो पदलाई उधृत गरेर प्रभुको उपस्थितिको दावी
- वा ख्रीष्टियानहरुको कुनै भूmण्ड वा समुह पिकनिक, वा रेष्टूरेण्टमा खाजा खान जाँदा यही पदलाई दावी गरेर प्रभुको उपस्थिति छ भनेर दावी गर्नु
- अर्को चाख लाग्दो कुरा त, न्यु एपोस्टरिक रिफर्मेशनमा भएका मानिसहरु त यही पदलाई दावी गरेर प्रभुभोज नै गर्छन । जस्तो घरघरमा वा रेष्टूरेण्टमा खाजा खाँदा पनि ।
अब मण्डली के हो त ?
उद्धारपाएकाहरु, जो एकअर्का प्रति उत्तरदायित्वको सम्बन्धमा जिउँछन् (एकलेसिया, कल्ड आउट, बोलाइएका) । स्थानिय मण्डली भनेको उत्तरदायित्व बहन गर्ने सदस्यहरुको भेला हो । यि सदस्यहरु जो नियमित एक तोकिएको स्थानमा भेट्छन्, जहाँ वचनको ठीक प्रचार हुन्छ, बाइबलीय विधीहरु (अर्डिनेन्सेस) अर्थात् प्रभुभोज र बप्तिसमा ठीक अभ्यास हुन्छ, बाइबलीय योग्यता भएका पास्टर (एल्डर) र डिकनहरु छन् ।
मण्डली सदस्यता के लाई भन्ने ?
मण्डली सदस्यता भनेको बाइबलीय विधीहरु बप्तिसमा र प्रभुभोजद्धारा एकअर्काको विश्वासको स्वीकार गरिएका, उत्तरदायित्व वहनको जिम्मेवारी लिएकाहरुको समुह जसले एकअर्काको ख्रीष्टयेशूको चेलापनको निम्ति समर्पणता जनाएका हुन्छन् ।
अब मण्डली र मण्डली सदस्यताले किन यो मत्ती १८ः२० सँग सम्बन्ध राख्छ त ?
- पद १५ अनुसार कोही तिम्रो भाई, अर्थात् तपाईंको स्थानिय मण्डलीको सदस्य पापमा पक्राउ परेको छ भने, नम्रतामा र उसको सुधारको निम्ति उसलाई गएर पाप देखाइदिनुपर्छ । ता कि उ येशूको आज्ञाकारितामा वृद्धि हुनसकोस् ।
- पद १६ अनुसार यदि व्यक्तिगत रुपमा गरिएको सुधारको प्रयास असफल भयो भने, अरु एक वा दुई जनालाई लिएर सुधारको प्रयास गर्नु । दुई वा तीन साक्षी द्धारा कुरा पक्का गर्नुपर्छ
- पद १७ अनुसार यदि दुई वा तीन साक्षी द्धारा कुरा पक्का गर्दा पनि उ सुध्रिन चाहँदैन भने चाहिँ, उसलाई मण्डलीको सामुन्ने राखि देऊ । मण्डलीको कुरा पनि सुन्न इन्कार गरयो भने चाहिँ विधमी र कर उठाउने सरह होस् । अर्थात् अन्यजाति सरह (नयाँ करारको भाषामा) वा ऊ विश्वासी नै होइन, उसको विश्वासको दावी अनुसार पश्चतापको जीवन छैन भनेर विश्वास नगर्नेहरुको सहर दर्जा दिने भन्ने हो ।
के यसको पुरानो करारसँग वा अरु खण्डहरुसँग सम्बन्ध छ ?
व्यवस्था १९ः१५ मा कसैको दोष वा अपराधमा एक जना मात्र साक्षीको बयानको आधारमा कसैलाई दण्ड नदिनू। दुई वा तीन साक्षीको बयानद्वारा मात्र अभियोग कायम गर्न सकिन्छ ।
पहिलो २ प्रयास चाहिँ साधार प्रकारको मण्डली अनुशासन नै हो । पछिल्लो दुई मण्डलीको सामुन्ने राख्नु र स्वीकार गरेर भने विधर्मी र कर उठाउने सहर भन्नुको अर्थ चाहिँ विषेश प्रकारको मण्डली अनुशासन भयो ।
अब अन्त्यमा, मत्ती १८ः२० ले मण्डली अनुशासनसँग कस्तो सम्बन्ध राख्छ त ?
नियमित अनुशासन (साधारण सुधारको निम्ति गरिएका प्रयास) र विषेश अनुशासन दुवै अनुग्रहका माध्यमहरु हुन् । जुन स्थानिय मण्डलीले सदस्यहरुको अधिकार (Congregational Authority) को रुपमा उपयोग गर्छन् ।
जब स्थानिय मण्डलीका सदस्यहरु कसैके विश्वास उसको जीवनमा मेल खान्छ कि खाँदैन भनेर छलफल गर्न भेला हुन्छन्, यदि सबै सदस्यहरुले कोही भाईको जीवन उसको विश्वाससँग मेल खाँदैन भनेर उसलाई विश्वास नगर्ने सरह ठहर गर्दैछ भने त्यहाँ एउटा राज्यको चित्र प्रयोग गरिएको छ । पद १८ मा “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले पृथ्वीमा जे बाँध्छौ, त्यो स्वर्गमा बाँधिनेछ । अनि तिमीहरूले पृथ्वीमा जे फुकाउँछौ त्यो स्वर्गमा फुकाइनेछ ।
जब एक स्थानिय मण्डली, त्यसका सदस्यहरु कसैको उद्धार भएको छ वा छैन भनि उसको जीवन र विश्वासको स्वीकारलाई जाँच्न (अर्थात् औपचारिक वा विषेश) मण्डली अनुशासनको निम्ति छलफल गर्छन् त्यहाँ प्रभुको उपस्थिति हुन्छ भन्ने चाहिँ यो पाठको आशय हो ।
पवित्र आत्मामा ख्रीष्टले दिनुभएको आशिष यो हो कि हामी उद्धारपाएकाहरु चर्चको अनुशासनद्धारा पाप स्वीकारको माध्यमद्धारा, पापीहरुको पश्चतापी जीवन, चर्चको शुद्धिकरण र संसारको निम्ति ख्रीष्टको साँचो रुपान्तरणको साक्षी दिन सकौं ।
Prem Narayan Bhattarai
Pastor
He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.
Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.