बाइबलले तेलको अभिषेक बारे के भन्छ ?
बाइबलमा तेलको अभिषेक बारे २० ठाउँमा उल्लेख गरिएको छ, जस मध्ये १५ पटक पुरानो करारमा र नयाँ करारमा ५ ठाउँमा । पुरानो करारमा प्रधान पुजाहारी र उनीहरुका सन्तानहरुलाई छर्किएर अभिषेक गरिन्थ्यिो । पवित्र स्थान र त्यहाँ भएका सरसामानलाई शुद्धिकरणको निम्ति पनि तेल छर्किने चलन थियो । तेलद्धारा पवित्रीकरण गर्ने चलन थियो (प्रस्थान २५ः६, लेवी ८ः३०, गन्ती ४ः१६) । तीन पटक पवित्र तेल भनिएको छ र यहुदीहरुलाई व्यक्तिगत प्रयोगको निम्ति बन्देज थियो (प्रस्थान ३०ः३२—३३) । तेलको अभिषेकको विधीको बारेमा प्रस्थान ३०ः२३—२४ मा उल्लेख गरिएको छ । पुरानो करारमा पनि तेलमा कुनै अलौकिक शक्ति हुन्छ भन्ने विषयमा लेखिएको छैन तर अझ तेलको तयारीको विषयमा दिइएको आज्ञाले इस्राएलीहरुको आज्ञापालनको माग गर्दछ ।
पुरानो करारको तेलको सुद्धिकरण र तयारीको विधीले देखाउने कुरा चाहिँ परमेश्वर पवित्र हुनुहुन्छ र इस्राएलीहरुले यसलाई गम्भिर रुपमा लिनुपर्छ भन्ने हो । यसबाहेक पुरनाको करारमा राजा, अगमवक्ता, न्यायकर्ता आदिको अभिषेकको निम्ति पनि तेलको उपयोग गरिन्थ्यिो । यसले परमेश्वरको आत्मा (पवित्र आत्मा) को अभिषेक र विषेश बोलावटको चिन्हको रुपमा लिइन्थयो ।
नयाँ करारमा पाँच ठाउँमा तेलको अभिषेकको विषयमा बताइएको छ र यी मध्ये कुनैमा यसको प्रयोगको विषयमा व्याख्या गरिएको छैन । यी पाँचैवटा खण्डको सन्दर्भबाट हामी यसको निर्कर्ष निकाल्न सक्छौं । मत्ती ६ः१७ मा येशूले नियमित रुपमा तथा व्यक्तिगत प्रयोगको निम्ति तेल उपयोग गर्नु भनेर सिकाउनुभयो । मर्कूस ६ः१३ मा चेलाहरुले तेलले धेरै रोगीहरुलाई अभिषेक गरेर निको पारे भनिएको छ । याकूब ५ः१४ मा कोही बिरामी छ भने मण्डलीका एल्डरहरुले विरामीलाई तेलले अभिषेक गरेर प्रार्थाना गर्नु भनिएको छ । हिब्रू १ः८—९ मा येशूको विषयमा परमेश्वर पिताले हर्षको तेलले अभिषेक गर्नुभएको छ, भनिएको छ ।
के ख्रीष्टियानले तेलले अभिषेक गर्नु आज पनि आवश्यक छ ? चाहे पुरानो करार वा नायँ करार दुवैमा दिइए जस्तो तेललको अभिषेकको अभ्यासबारे यसरी नै अभिषेक गर्नु भनि कहिँ पनि आज्ञार्थको रुपमा दिइएको छैन न त नगर्नू भनि बन्देज गरिएको छ । सायद याकूब ५ः१४ चाहिँ आज्ञाको रुपमा झैं देखिन्छ तर यहाँ बिरामीको निम्ति भनिएको छ । यसकारण यसलाई परम्परागत उपचारको विधीको रुपमा तेलको प्रयोगलाई पनि लिन सकिन्छ । यसको अहिलेको उदाहरण हामी मध्ये धेरैले डाक्टकले लेखिदिएके औषधी पसबाट किनेर ल्याएर खाँदा अहिले प्रार्थाना गरेर नै खान्छौं । याकूबको पत्रको अर्को सन्दर्भ, मण्डलीका एल्डरले मण्डलीका सदस्यलाई (जो चर्चमा वा सार्वसजनिक सेवामा आउन असक्त छन्) जो ओछ्यानमा छन् तिनिहरुको निम्ति घरमा गएर (पद १४ मा बोलाओस् भनिए झैं) प्रार्थाना गर्नु भनिएको छ ।
आज पनि तेलको अभिषेकको आवश्यक छ त ? छैन । तर अभिषेक गार्दा पनि केही हुँदैन । तर मुख्य कुरा यसको अभ्यासको विषयमा हो । अहिलेका अभिषेकको तेल बेच्ने र आफुले प्रार्थाना गरे पनि त्यो अभिषेकमा शक्ति छ भनेर गरिने प्रचार चाहिँ सरासर अबाइबलीय र मन्त्र तन्त्रधारी अध्यास हो ।
बाइलमा प्रायः तेलले पवित्र आत्मालाई संकेत गर्दछ, यसको उदाहरण चाहिँ ५ जना बुद्धिमान र ५ जना मूर्ख कन्यको दृष्टान्तमा पनि देखिन्छ (मत्ती २५ः१—१३) । अहिले हरेक साँचो विश्वासीमा पवित्रआत्मा बास गर्नुहुन्छ । पवित्र आत्मा बास गर्नुहुने पवित्र मन्दिरलाई अरु कोही मनवीय गुरुको अभिषेकको आवश्यकता पर्दैन । पुरानो करारमा निश्चित स्थानलाई पवित्रीकरण गरिनु पथ्र्यो र र कोही निश्चित व्यक्तिलाई निश्चित मिशनको बोलावटको निम्ति पवित्र आत्माको अभिषेक दिनुपथ्र्यो तर अहिले त्यसको आवश्यकता पर्दैन । पवित्र आत्मा हामी सबै साँचो विश्वासीमा बास गर्नुहुन्छ । पवित्र आत्माले निरन्तर उहाँको अनुग्रहमा हामीलाई निर्माण गर्नुहुन्छ । बाइबलले भन्दछ, तिमीहरूको अभिषेक महापवित्रबाट भएको छ, र तिमीहरू सबैले सत्य जान्दछौ (१ यूहन्ना २ः२०) ।
पुरानो करारको तेलको सुद्धिकरण र तयारीको विधीले देखाउने कुरा चाहिँ परमेश्वर पवित्र हुनुहुन्छ र इस्राएलीहरुले यसलाई गम्भिर रुपमा लिनुपर्छ भन्ने हो ।
Share
Prem Narayan Bhattarai
Pastor
He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.