के म उद्धारको निम्ति चुनिएको हुँ ?

हाम्रो चुनाउको चिन्ह के हुनसक्छ ?

मैले धेरै ख्रीष्टियान भाइहरुले मलाई यो प्रश्न गर्नुभएको सुनेको छु । हामी कसरी थाहा पाउन सक्छौं कि म उद्धारको निम्ति चुनिएको हुँ । मेरो विचारमा यो यस्तो एक प्रश्न हो, जुन हामी आफैं नमरीकन थाहा पाउन असम्भव जस्तै छ । यो प्रश्न सँग जोडिने अर्को महत्वपूर्ण प्रश्न चाहिँ के म साँद्धिकै उद्धार पाएको व्यक्ति हूँ ? कसरी म जान्न सक्छु कि म अन्त्यसम्म धैर्य धारण गरिरहेको हुनेछु ? यो एक प्रकारले आफ्नै उद्धारको विषयमा शंकाको दृष्टिकोण पनि हो ।

यहाँ, मैले मेरो मुल प्रश्न, के म उद्धारको निम्ति चुनिएको हुँ ? यसको प्रश्नको छोटो उत्तर दिने हो भने, यदि तपाईं सुसमाचारमा विश्वास गर्नुहुन्छ र तपाईंको जीवनमा पवित्रआत्माको काम देख्नुहुन्छ भने, तपाईं उद्धारको निम्ति चुनिएको व्यक्ति हुनुहुन्छ ।

पावलले थेसलोनिकीको मण्डलीलाई लेखेको पहिलो पत्रमा यसरी लेख्दछन्,

४ भाइ हो, परमेश्वरका प्रियहरू, तिमीहरूलाई उहाँले चुन्नुभएको हामीलाई थाहा छ, ५ किनभने हाम्रो सुसमाचार तिमीहरूकहाँ वचनमा मात्र आएन, तर शक्ति र पवित्र आत्मामा, अनि सम्पूर्ण निश्चयतासाथ आएको हो । तिमीहरूका माझमा छँदा तिमीहरूकै खातिर हामी कस्ता किसिमका मानिस थियौं तिमीहरू जान्दछौ । (१ थेसलोनिकी १ः४—५)

यहाँ पाववले २ वटा कुराहरुलाई जोड दिएकाछन् ः थेसलोनिकीको मण्डलीमा सुसमाचारको वचन आयो, र त्यही सुसमाचारमा विश्वास गर्ने मानिसहरु त्यहाँ छन् र त्यो सुसमाचारको वचन चाहिँ शक्ति, पवित्र आत्मा र निश्चयताको साथमा आएको छ ।

यो चाहिँ पावलको धन्यवाद सहितको आनन्दाको अनुभुति पनि हो । पद २ मा अघि पावलले भन्दछन्, हाम्रा प्रार्थनाहरुमा हामी तिमीहरु, अर्थात् थेसलोनिकीमा भएका विश्वासीहरुको निरन्तर स्मरण गर्दै हामी परमेश्वरलाई धन्यवाद दिन्छौं ।

चुनिएकाहरुको पहिलो चिन्ह चाहिँ सुसमाचार माथिको विश्वास हो । जब सुसमाचारको वचन प्रचार र घोषणा गरिन्छ, तर चुनिएका मानिसहरुलाई पवित्र आत्माले नै विश्वासको निम्ति सक्षम बनाउनुहुन्छ । अर्थात् पावलले एफिसी २ अध्यायको १ र २ पदमा भने झैं पाप र अपराधमा मरेका मानिसहरु भएका कारण हामी आफैंले सुसमाचारमा विश्वास गर्न सक्दैनौं तर विश्वास आफैं पनि परमेश्वर पिताको दान हो, जुन पवित्र आत्माद्धारा हामीलाई उहाँले प्रदान गर्नुहुन्छ । येशूले पनि त्यही भन्नुभयो, पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र मकहाँ आउनेलाई कुनै रीतिले म त्याग्नेछैनँ ।

सुसमाचारको वचन, शक्ति र पवित्र आत्मामा आउनु नै चुनाउको चिन्ह हो । थेलोनीकामा भएका मानिसहरुको रुपान्तरणको विषयमा प्रेरित १७ः१ देखि ९ ले बताउँदछ । थेसलोनिकीमा कुनै आश्चर्यकर्म द्धारा होइन तर पावलले जब सुसमाचारको वचनको घोषणा गरे, तब मानिसहरु विश्वासमा आएका थिए । यदि तपाईंमा आएको सुसमाचा ख्रीष्टियेशूको साँचो सुसमाचार हो, पवित्र आत्माले तपाईंलाई दोषी ठहराउनुभयो र परमेश्वर पिताले पवित्र आत्माद्धारा विश्वासको दान दिनुभएको छ भने तपाईं उद्धारको निम्ति चुनिएको हुनुहुन्छ ।

चुनिएकाहरुको पहिलो चिन्ह चाहिँ सुसमाचार माथिको विश्वास हो ।

Share

Mr. Prem Narayan Bhattarai

Prem Narayan Bhattarai

Pastor

He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.

Leave a Reply

Your email address will not be published. Required fields are marked *