तीतसलाई प्रेरित पावलको पत्रको परिचय
कसै एकजनाले यसरी भनेका छन्—
“आज संसारमा नास्तिकवादको सबैभन्दा ठूलो कारण ईसाईहरू हुन्ः जसले येशूलाई आफ्नो ओठले स्वीकार गर्छन्, र जब ढोकाबाट बाहिर निस्कन्छन्, उहाँलाई आफ्नो जीवनशैलीद्वारा इन्कार गर्छन् । विश्वास नगर्ने संसारले पत्याउनै नसक्ने कुरा यही हो ।” (ब्रेनन म्यानिङ)
के तपाईंलाई यो अहिलेको ख्रीष्टियान जगत्को सही परिवेश हो जस्तो लाग्दैन ? तीतसको पत्र यही विषयमा केन्द्रित छ ः सिद्धान्त र काम (Doctrine & Deeds) । वा, यसलाई विश्वास र व्यवहार (Belief & Behavior) पनि भन्न सक्नुहुन्छ । वा स्वीकार र आचरण (Creed & Conducts) पनि भन्न सक्नुहुन्छ ।
तीतस नयाँ करारमा भएको एउटा संक्षिप्त, पास्टरीय पत्र हो । यो प्रेरित पावलले ईश्वी संवत ६० को दशकको मध्य तिर क्रेटमा भएको नयाँ चर्चमा छोडेका एकजना पास्टर, तीतसलाई लेखेको पत्र हो । यसमा जम्मा ३ वटा अध्यायहरु छन्, र ४६ वटा पदहरु । तीतसको पत्र चर्च रोपण (स्थापना) र निर्माणको निम्ति ब्लु प्रिन्ट, जहाँ चर्चहरु बाँच्नेछन् र फस्टाउनेछन् ।
मुख्य विषयहरू
- तीतस क्रेटमा छोडिएका छन् र उलाई त्यहाँको चर्चको निम्ति केही महत्वपूर्ण जीम्मेवारीहरु दिइएको छ । आजको चर्चको निम्ति, विषेशगरी शक्तिशाली बप्तिस चर्चको जीवनको निम्ति अर्थपूर्ण पक्षहरुलाई हामी निरन्तर अवलोकन गर्नेछौं ।
- साँचो सुसमाचारले ख्रीष्टियानहरूमा इश्वरीय (भक्तिको) जीवन उत्पन्न गर्छ । विश्वास र व्यवहार एकअर्काबाट अलग हुनसक्दैनन् (१ः१; २ः१; ११—१४; ३ः४—७) ।
- कुनै व्यक्तिको व्यवहार (काम)ले उसको स्वीकार साँचो हो वा झूठो हो भनि प्रष्टबनाउँछ (१ः१६) ।
- चर्चमा अगुवाहरू, खासगरी प्रचारको सेवागर्नेहरूको योग्यताले विषेश अर्थ राख्छ (१ः५—९) ।
- ख्रीष्टियानको साँचो जीवनले अरुहरूको विश्वासमा मद्दत गर्छ (२ः५; ८; १०)
- चर्चमा सिद्धान्तको र नैतीक व्यवहारको झूठ दुवैलाई प्रष्टसँग चुनौती दिनुपर्छ (१ः१०—१६; ३ः९—११) ।
- ख्रीष्टियान नैतीकताको आधार सुसमाचारको रुपान्तरण नै हो (२ः११—१४; ३ः३—७) ।
लेखक
तीतसको पत्रको लेखक पावल (१ः१) हुन् । उनको पहिलेको नाम शाउल थियो । उनको नाउँ परिवर्तन भएर पावल भयो । यसलाई ग्रीकमा पौलुस भनिन्छ । यसको अर्थ सानो वा नम्र भन्ने हुन्छ । उनले आफैंलाई प्रेरितहरु मध्ये सबैभन्दा पछिल्लो, भनेर पनि चिनाउँछन् । यसकारण उनको पावल नाउँको अर्थसँग पनि जोडिन्छ ।
उनको जन्म टार्ससमा भएको थियो । उनी यहूदी घरानाका, बेन्यामिनका कूलका थिए । एकजना यहूदी— फरिसीको ओहदाका मानिस थिए । उनी ख्रीष्टका चेलाहरुलाई सताउने मानिस थिए । पहिलो ख्रीष्टियन स्तिफनसको हत्यमा शाउलको पनि पूर्ण सहमति थियो (प्रेरित ८ः१) । स्तिफनस यरुशलेमको चर्चका पहिलो डिकनहरु मध्येका पनि एक थिए । प्रेरित ९ अध्यायमा दमस्कसमा भएका विश्वासीहरुलाई पक्रेर यरुशलेममा ल्याउन, र सताउन अनुमति लिएर बाटोमा जाँदैगर्दा उनलाइै येशूले उहाँको दर्शन दिनुभएर, उनसको जीवको परिवर्तन भएको थियो । उनी अन्यजातिको माझमा सुसमाचारको सेवाको निम्ति अलग गरिएका प्रेरित पनि थिए ।
मिती
मध्य इस्वी सम्वत् ६० देखि ७० को बिचतिर पावलले लेखेका हुनसक्छ । (ईस्वी सम्वत् ५२ देखि ५७ (करिब) तिर पावलसँग तीतसपनि सेवाकाइमा थिए । ईस्वी सम्वत् ६२ देखि ६४ को बिचमा (करिब) पावलले तीतसलाई पत्र लेख्छन् । ईस्वी सम्वत् ६४ देखि ६७ को बिचमा (करिब) पावल शहिद भए ।
सन्दर्भ
पवलले उनको सहयोगी तीतसलाई यो पत्र लेखेका हुन् । पावलले क्रेटमा सुसमाचारको यात्रा भर्खरै पुरा गरेका थिए । पावलले तीतसलाई भर्खरै स्थापना भएको चर्चलाई पास्टरीय सेवा गर्न क्रेटमा नै छाडेका थिए (प्रेरित १४ः२१—२३) । पावलले तीतसलाई— चर्चमा योग्यता भएका अगुवाहरूको नियुक्ति (१ः५—९); झूठा शिक्षकहरूको आचरण (१ः१०—१६); चर्चभित्र उचित सम्बन्ध र जीवन (२ः१—१०); भक्तिको जीवनको निम्ति साँचो शिक्षा (२ः११—३ः७) जस्ता महत्वपूर्ण विषलाई उल्लेख गरेका छन् ।
रुपरेखा
- पावलको सम्बोधन (१ः१—४)
- चर्चका अगुवाहरूका योग्यताहरू (१ः५—९)
- झूठा शिक्षकहरूका आचरणहरू (१ः१०—१६)
- चर्चमा उचित जीवनयापन (२ः१—१०)
- साँचो सिद्धान्तको लक्ष्य (२ः११—१६)
- सुसमाचारले ल्याउने साँचो परिवर्तन (३ः१—८)
- झूठा व्यवहारलाई सम्बोधन (३ः९—११)
- अन्तिम सम्बोधन (३ः१२—१५)
क्रेट र तीतस
पावलले तीतसलाई क्रेटमा छोडेका थिए । क्रेट भुमध्य सागर अवस्थित एउटा समुद्री टापु थियो । क्रेटमा कसले र कहिले सुसमाचार प्रचार गरेका थिए त्यो प्रष्ट थाहा छैन । तर पावल रोमको यात्रामा जाँदा उनी क्रेटमा पुगेका थिए (प्रेरित २७ः७—२१) । पोन्तिकोसको दिनमा यरुशलेममा आएका मानिसहरु मध्ये क्रेटीहरु प्नि थिए (प्रेरित २ः११) । यसको अर्थ सम्भवत् कसैले त्यस बेलामा सुसमाचार सुनेर, विश्वास गरेर फर्किएको र आएर सुसमाचार प्रचार गरेका पनि हुनसक्छन् ।
क्रेटमा भएका मानिसहरु जिउस देवताका भक्तहरु थिए । ग्रीक विश्वास अनुसार जिउसको जन्म क्रेटमा भएको थियो । उसको आकृति आधा मानिस र आधा साँढेको थियो भनिन्छ । त्यसबेला, उसलाई विश्वको उद्धारकर्ताको रुपमा आधारना गरिन्थ्यो । यहाँका विश्वासीहरुलाई ठीकसँग सिकाउन र चर्चलाई संसारिक सिद्धान्त र दन्त्य कथाबाट बचाउन एकजना विश्वासयोग्य, निर्दोष र भरपर्दो शिक्षक पास्टरको खाँचो थियो । यसैकारण पावलले तीतसलाई त्यहाँ भएका चर्चका बाँकी कुराहरु ठीकठाक पार्न आज्ञा दिएका छन् । पाववल आफ्नो भरपर्दो आत्मिक छोरोलाई (१ः४) क्रेटमा यसैको निम्ति छोडेका थिए । तितसको निम्ति पावलको आज्ञा÷ अर्ती यहाँ पद ५ मा पावलले उल्लेख गर्छन् । बाँकी रहेका कुराहरू ठीकठाक पार र मैले तिमीलाई आज्ञा गरेबमोजिम हरेक शहरमा प्राचीनहरू नियुक्त गर !
Prem Narayan Bhattarai
Pastor
He is Pastoring at SBC since 2009. He has got married to a wonderful woman, Sushma and they have two children.