Church Covenant

(३ अगस्ट २०१९ मा सदस्यहरूको बैठकमा स्वीकार गरिएको)

परमेश्वर पिताको अनुग्रहद्वारा, प्रभु येशू ख्रीष्टमा विश्वास गरी, उहाँको आत्मामा निर्भर रही हामी शक्तिशाली बप्तिस चर्च परिवार, विश्वासद्वारा जिउनेछौँ भनि, हाम्रो यो करार एकअर्कासँग नविकरण गर्दछौं :

१. शान्तिको बन्धनमा, पवित्र आत्माको एकता कायम राख्न, हामी प्रार्थना सहित  निरन्तर परिश्रम गर्नेछौं । (एफिसी ४:३) 

२. नियमित रुपमा एकसाथ भेला हुन पहिलो प्राथामिकतामा राछौं । अरुहरूको निम्ति निरन्तर प्रार्थना गर्न छोड्नेछैनौं । (हिब्रू १०:२५, कलस्सी ४:२)

३. हामी एक अर्का प्रतिको भातृ प्रेममा समर्पित हुनेछौं । दया र नम्रता साथ एकले अर्कोलाई सहँदै, क्षमा दिँदै, प्रोत्साहन दिँदै, निर्माण गर्दै, गोठालो गर्दै र आवश्यक परेमा हप्काउँदै एकअर्का प्रति धैर्य धारण गर्नेछौं । (लूका १७:३, कलस्सी ३:१३, १ थेस्लोनिकी ५:११, १ पत्रूस १:२२)

४. शुद्ध र प्रेमिलो जीवनशैलीको उदाहरण दिई, आफ्ना छोराछोरीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काउन साथै आफ्ना परिवारका बाँकी सदस्य र आफन्तहरूको उद्धार खोज्ने प्रतिज्ञा गर्दछौँ । (एफिसी ६:४, १ पत्रूस ३:१)

५. हामी आनन्द गर्नेहरूसँग आनन्द गर्नेछौं र रुनेहरूसँग रुनेछौं । एकअर्काको भार उठाउन एकले अर्कोलाई मद्दत गर्नेछौं । (रोमी १२:१५) 

६. परमेश्वरको सहायताले सबै भक्तिहिनता र संसारीक शैली त्याग्दै, एक संयमि, सोझो, भक्त भएर जीवन यापन गर्दै हाम्रो महान् उद्धारकर्ता प्रभु येशू ख्रीष्टको आगमको प्रतिक्षा गर्नेछौं । (तीतस २:१२– १३)

७. साँचो सुसमाचारलाई सुरक्षित राख्न परमेश्वरको वचन प्रचारको साथै ख्रीष्ट येशूले मण्डलीको निम्ति दिनुभएको दुई वटा आज्ञाहरू– विश्वासीको बप्तिसमा र प्रभुभोजको निरन्तर अभ्यास गर्नेछौं । (२ तिमोथी ४:२, प्रेरित २:३८, १ कोरिन्थी ११:२६)

८. यस मण्डलीको सेवाकाई, मण्डलीको आवश्यक खर्च, सारा जातिमा सुसमाचार प्रचार र खाँचोमा परेकाहरूको सहायताको निम्ति हामी उद्धारचित्तले निरन्तर दिनेछौं । (मत्ती २८:१९, लूका १२:३३, २ कोरिन्थी ९:७) 

९. यदि भविष्यमा हामी यो स्थान छोडेर अर्को ठाउँ गयौं भने, जति सक्दो चाँडो अर्को सुसमाचारीय मण्डलीको सदस्य बनेर, परमेश्वरको वचनको सिद्धान्त तथा यस करारको भाव अनुसार जिउनेछौं । 

परमेश्वर पिताको प्रेम, पुत्र प्रभु येशू ख्रीष्टको अनुग्रह र पवित्र आत्माको संगति हामीहरूसँग रहून् । (२ कोरिन्थी १३:१४)