Church Constitution

शक्तिशाली बप्तिस मण्डलीको विधान २०७५
​९१ दिसेम्बर २०१८को सदस्यहरुको बैठकद्ररा पारित

प्रस्तावना :
शक्तिशाली बप्तिस मण्डलीको स्थापना वि.सं २०६२ साल पौष १० गते तद्अनुसार सन् २००५ दिसेम्बर २५ तारिकका दिन ललितपुर, नेपालमा भएको हो । शक्तिशाली बप्तिस मण्डली सर्वशक्तिमान् परमेश्वरको सार्वभौमिकता, उहाँको एकमात्र पुत्र ख्रीष्ट येशूको प्रभुत्वमा र पवित्र आत्मा परमेश्वरको संगतिमा सुसमाचार प्रचार र चेलापनको निम्ति एक अर्का प्रति उत्तरदायी समुदायको रुपमा आफैंलाई समर्पित गर्दछ । बाइबललाई मण्डलीको शिक्षा, सिद्धान्त, प्रचार र अभ्यासको निम्ति अन्तिम अधिकार सम्पन्न धर्मशास्त्रको रुपमा स्वीकार गर्दै, बाइलीय मापदण्ड भित्र रहेर, मण्डलीको अगुवापन, आत्मिक अभ्यास, र मण्डलीका सदस्यहरुको अधिकार प्रयोगको निम्ति यो विधान तयार गरिएको छ ।

भाग एक :
नाम यस मण्डलीको नाम शक्तिशाली बप्तिस मण्डली रहनेछ ।

भाग दुइ : उद्देश्य
यस मण्डलीको अस्तित्व, मण्डलीका सदस्यहरु एकअर्का प्रति उत्तरदायी भई ख्रीष्टको चरित्रमा वृद्धि हुँदै केवल परमेश्वरको महिमा गर्नु हुनेछ । सुसमाचार, नियमित वचन प्रचार, शिक्षा, बाइबली विधीको ठीक अभ्यासद्धारा यस मण्डलीले परमेश्वरको महिमा गर्नेछ । यस मण्डलीको हरेक अभ्यासको अन्तिम उद्देश्य बाइबलीय शिक्षामा वृद्धि, चेलापन र सुसमाचार नै हुनेछ ।

भाग तीन : सदस्यता
धारा १– योग्यता
मण्डलीको सदस्यताको निम्ति येशू ख्रीष्टको सुसमाचारलाई ठीकसँग बुझी, येशूलाई मुक्तिदाताको रुपमा स्वीकार गरेर, येशूको आज्ञा अनुसार पानीको बप्तिसमा लिएर, सुसमाचार अनुसारको जीवन भएको विश्वासी हुनुपर्छ । मण्डलीको नियमित आरधना सेवामा सहभागी भई, यस मण्डलीको विश्वासको सारलाई स्वीकार गरी मण्डलीको करारमा प्रतिवद्ध हुनुपर्नेछ ।

धारा २– सदस्यता प्रप्ति
सदस्यताको योग्यता भएको व्यक्तिलाई व्यक्तिगत वार्तालाप, चेलापन र अन्तरवार्तको माध्यमबाट मुल्याङ्कन गरी, मण्डलीको सदस्यहरुको बैठकमा प्रस्तावको रुपमा पेश गर्ने जिम्मेवारी मण्डलीको पाष्टरीय समितिको हुनेछ । पाष्टरीय समितिद्धारा सदस्यहरुको बैठकमा पेश गरिएको प्रस्तावित सदस्यको स्वीकार ध्वनी मतदानबाट बहुमतले स्वीकार गरिनेछ ।

धारा ३– सदस्यहरुको कर्तव्य र अधिकार
हरेक सदस्यहरुको कर्तव्य र अधिकार, मण्डलीको नियमित आरधना सेवामा सहभागि हुने, सुसमाचारको संरक्षण गर्ने, सदस्यहरुको बैठकमा नियमित सहभागि हुने, मण्डलीको अरु सदस्यहरुसँग चेलापन सम्बन्धमा रहने र एक सदस्य अर्को सदस्य प्रति उत्तरदायि हुने, मण्डली भन्दा बाहिर रहेकाहरुलाई सुसमाचार सुनाउने, मण्डलीको अगुवाहरुलाई पछ्याउने र वचनको आज्ञाकारितामा जिउने हुनेछ ।

धारा ४– मण्डली अनुशासन
सदस्यहरुको कर्तव्य र अधिकारलाई अवहेलना गरेमा, बाइबलीय नैतीकता विपरित जीवन जिएमा, र मण्डलीको उद्देश्यलाई पुरा गर्न अनुत्तरदायी भएमा मण्डलीको सदस्य अनुशासनको योग्य हुनेछ ।

धारा ५– मण्डली अनुशासनको प्रक्रिया
मण्डली अनुशासन मण्डलीको प्रत्येक सदस्यको कर्तव्य हुनेछ । माण्डलीको पास्टर, पास्टरीय समिति वा एक सदस्यले अर्को सदस्यलाई व्यक्तिगत रुपमा भेटी उक्त सदस्यको जीवनको विषयमा सुधारको निम्ति उत्साह, परामर्श, हप्की वा चेतावनी दिन सक्नेछ÷छन् । यदि सो व्यक्तिले पश्चतपको जीवन जिउन इन्कार गरे, पास्टरीय समितिले पश्चताप र सुधारको निम्ति उत्साह, परामर्श, चेतावनी दिनसक्नेछन् । यदि पश्चताप र सुधारको चिन्ह नदेखिएमा, सार्वजनिक सुचनाको रुपमा सदस्यहरुको बैठकमा जानकारी गराइनेछ र यस पछि पनि सम्पूर्ण मण्डलीको कर्तव्य सो व्यक्तिलाई पश्चताप र सुधारको निम्ति प्रार्थना गर्ने र सहायता पुयाउने हुनेछ । यदि निरन्तर पश्चतापी जीवन जिउन इन्कार गरे सदस्यताबाट निलम्बन वा निष्कासन गरिनेछ । मण्डली अनुशासनको निम्ति सदस्यताबाट निलम्बन वा निष्कासन सदस्यहरुको बैठकमा बहुमतद्धारा निर्णय गरिनेछ । निष्कासित सदस्यलाई पनि निरन्तर सुसमाचार सुनाउनु र परमेश्वरको राज्यमा ल्याउनको निम्ति प्रार्थना गर्ने मण्डलीका हरेक सदस्यहरुको कर्तव्य हुनेछ ।

धारा ६– मण्डली अनुशासनको उद्देश्य
अनुशासनमा परेका व्यक्तिको आत्मिक वृद्धि, पश्चताप, र मिलापको लागि ९१ कोरिन्थी ४:१४व एफिसी ६:४व १ तिमोथी ३:४–५व गलाती ६:१–५० । मण्डलीको पुर्ण शुद्धताको निम्ति ९१ कोर.५:५–७, एफिसी ५:२७ । ग्रैर इसाईहरुको निम्ति मण्डलीको सामूहिक गवाहीको निम्ति ९मत्ती ५:१३–१६व यूहन्ना १३:३५व प्रेरित ५:१–१४०, पवित्र परमेश्वरको पवित्रता कायम राख्दै परमेश्वरको महिमाको निम्ति ९व्यवस्था ५:११व यशैया ५२:११व रोमी १५:५–६व २ कोरिन्थी ६:१४–७:१०

धारा ७– सदस्यताको खारेज
सदस्यको मृत्यु भएमा स्वतः सदस्ता खारेज हुनेछ । कुनै सदस्य निरन्तर पश्चतापी जीवन जिउन इन्कार गरेमा, सदस्यताबाट निलम्बित वा निष्कासित भएमा, यस मण्डलीको विश्वासको सार अनुसार विश्वास र अभ्यास मिल्ने मण्डलीमा जाने निधो गरि राजिनामा दिएमा, मण्डलीको सदस्यहरुको बैठकले ध्वनी मतद्धारा बहुमतले सदस्यता खारेज गर्न सक्नेछ । तर मण्डलीको बाइबलीय नैतिकता बाहिर गए वा मण्डली अनुशासनबाट उम्किने बहानामा राजिनामा दिएमा मण्डलीले सो राजिनामा अस्वीकार गर्न सक्नेछ ।

भाग चार : सेवा, सभा तथा बैठकहरु
धारा १– आरधना सेवा
यस मण्डलीको नियमित आरधना सेवा प्रत्येक शनिबार बिहान १०:३० देखि १२ बजे सम्म हुनेछ । नियमित आरधना सेवा यस मण्डलीको भवनमा नै हुनेछ ।

धारा २– सदस्यहरुको बैठक
यस मण्डलीको सदस्यहरुको नियमित बैठक हरेक २ महिनामा एक पटक, वर्षमा जम्मा ६ पटक बस्नेछ । अंग्रेजी पात्रो अनुसारको वर्षको अन्तिम बैठक वार्षिक साधारण सभा हुनेछ ।

धारा ३– सदस्यहरुको बैठकको कार्यसूची
सदस्यहरुको बैठकको कार्यसूची पाष्टरीय समितिले तोके बमोजिम हुनेछ । मण्डलीको पास्टर÷ पास्टरहरुको अगुवाईमा बैठक संचालन हुनेछ । सदस्यहरुको बैठकले सेवकाइ ९युवा, आमा दिदीबहिनी, वाल आदि० प्रगति विवरण सुन्ने, बजेट अनुमोदन, पास्टर, डिकनको चुनाव, नयाँ सदस्यको स्वीकार÷अस्वीकार, पुरानो सदस्यको विदाई वा सदस्यता खारेजी र मण्डली अनुशासनको अभ्यास आदी गर्नेछ ।

धारा ४– प्रार्थना र प्रशंसाको समय